Search

२४ घण्टामा ९६६ डिस्चार्ज, ७२२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

२४ घण्टामा ९६६ डिस्चार्ज, ७२२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

०७ पुष, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। नयाँ संक्रमित हुनेमा ३१० महिला र ४१२ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ। ७ हजार स्वाबको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै मंगलबार ९६६ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ९८ पुगेको छ।

यस्तै अहिले ४१३ जना क्वारेन्टिन र ७ हजार ७२९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!