मिसु श्रेष्ठ
दोलखा, हाल काँडाघारी, काठमाडौं
परोपकार, प्रेम, दया, धैर्य, सहनशीलता, सहयोग, शान्ति, मर्यादा आदि जस्ता मानवीय मूल्य नै आध्यामिकता हुन् यसले व्यक्तिलाई अनुशासित बनाई व्यक्तित्व विकास गराई समृद्ध समाजको निर्माणमा टेवा पुर्याउछ । समाज, राष्ट्र हुदै सिङ्गो संसारमा नै विश्व बन्धुत्वको भावना जगाउदेै मानवतालाई स्थापित गराउछ ।“
ञ नैतिक शिक्षा झ पढाउने शिक्षकको नैतिकवान बन्ने उपायहरू सुनिरहदा अजिताको मनमा अनेक तरंगहरु उठ्छन् र जुरुक्क उठेर प्रश्न गर्छिन् “सर ! के प्रेम भनेको माया होइन ?“
“ हो अजिता तिमिले ठिक भन्यौं ।“
“ के प्रेम सबैलाई गर्नु उचित हो? “
“ हो सबै प्राणी माथि प्रेम हुनु पर्छ, जसले अपराधी जन्माउदैन र आदर्श समाजको निर्माण गर्छ ।“ सरबाट आदर्श वचन व्यक्त हुन्छ ।
“ सर प्रेमलाई ञलभ झ भनिन्छ हैन र ?“ उनको थप जिज्ञासा
“ हो, इङलिसमा लभ नै भनिन्छ । “
“अनि सर .किन हामीलाई जथाभावी लभ गरि हिड्नु हुन्न भन्नू हुन्छ त ममी बाबाले ?“ उनले असन्तुष्टि साथ कुतुहलता व्यक्त गर्छिन् ।
“अचेल केटाकेटीले गर्ने प्रेम ञ प्रेम झ मात्र नभइ आकर्षण हो, जसले गल्ती गरी जिन्दगी नै अन्धकार पनि बनाउन सक्छ त्यसैले …“
सर यो प्रसंगबाट बाहिर निस्की छिटो पाठ सकाएर प्रस्थान गर्ने धुनमा विश्राम गर्न चाहन्छन् तर अजितालाई आफ्नो जिज्ञासाको समाधान भए जस्तै लाग्दैन र पुनः प्रश्न गर्छिन्
“ सर के ठूला मान्छेले जो पायो त्यहीसँग गर्ने प्रेम राम्रो हो त ?“
सर केही सशंकित हुन्छन् “अजिता तिमी यति नै बुझ प्रेम सबै मानवले मानवमाथि देखाउनु पर्ने सद्भाव हो जो आवश्यक्ता र माग अनुसार व्यक्त गर्ने गरिन्छ र गर्नु पर्छ ।“
“अनि सर हजुरले नैतिक शिक्षा पढेर व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नैतिकवान बन्नु पर्छ भन्नू हुन्छ तर प्रभा आन्टीलाई माया गरी आफ्नो म्याडमलाई चाहिँ किन माया गर्नु हुन्न त ? “ “म्याडम हाम्रो ममीसँग रुदै हुनुहुन्थ्यो ! “ अनि हजुरले आफ्नो इज्जतको ख्याल नगरी समाजको मर्यादा नै नराखी प्रभा आन्टीसँग हिड्नु हुन्छ भनेर गाउँ भरि कुरा गर्छन् त सर !!“
२०७७/०९/०३