Search

नेकपाका ११४ संसदले गरे संसद बैठक बोलाउने माग

नेकपाका ११४ संसदले गरे संसद बैठक बोलाउने माग

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सांसदहरुको भेलाले अविलम्ब संसद बैठक बोलाउन माग गरेका छन् । प्रचण्ड–नेपाल समूहको सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गरेको छ ।

बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड दिएको छ ।

नेपालको संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष बैठकले निकालेको नेता देव गुरुङले जानकारी दिए ।

बैठकअघि गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!