बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु लोकतन्त्रविरोधी र संविधानको विरुद्ध गरिएको ‘कु’ रहेको नेकपाका असन्तुष्ट पक्षका शीर्ष नेताहरुले उल्लेख गरेका छन्।
असन्तुष्ट पक्षका सांसदहरुको संसद भवनमा भएको बैठकपछि बोल्दै वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले दिएको अधिकारलाई दुरुपयोग गरेर संविधान विघटन गरेको बताए। ‘प्रधानमन्त्री ओलीको कदम संविधानविरोधी, लोकतन्त्रविरोधी, जनविरोधी र जनादेशविरोधी हो,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको संसदीय दलले विरोध गर्दै यसबिरुद्ध प्रस्ताव ल्याएको पनि नेता खनालले बताए।