बाँपीझ्याला, चिनियाँ सैनिक दुईवटा गाडी मार्फत भारतीय क्षेत्रमा प्रवेश गरेको दाबीसहितको खबर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ । भारत–चीन सीमाको लेह क्षेत्रबाट १३५ किलोमिटर पूर्वमा रहेको न्योमा क्षेत्रको चानताङ गाउँको घटना रहेको पत्रिकाले उल्लेख गरेको छ ।
स्थानीय बासिन्दाले आइतबार चिनियाँ सैनिक भारतीय क्षेत्रमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए । दुई गाडीमा रहेका चिनियाँ सैनिकको एक समूह भारतीय क्षेत्रमा प्रवेश गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।
चिनियाँ सैनिकहरु सादा पोशाकमा रहेको र उनीहरुले स्थानीय गोठालाहरुलाई सो क्षेत्रमा पशु चरन नगर्न भनेका थिए । तर स्थानीय बासिन्दाको विरोधपछि चिनियाँ सैनिक फिर्ता भएको दाबी पत्रिकाले गरेको छ ।