Search

संसद् विघटनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले के लेखे ?

संसद् विघटनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले के लेखे ?

बाँपीझ्याला, एपी  । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रमुखताका साथ प्रस्तुत गरेका छन् ।

द वासिङ्टन पोस्टले ‘सत्तारुढ पार्टीमा शक्ति संघर्षबीच नेपालमा संसद् विघटन भएको’ भन्दै समाचार दिएको छ । उसले पार्टीभित्रको झगडाले देशलाई अस्थिरतातिर लैजाने उल्लेख गरेको छ । नयाँ चुनाव खर्चिलो हुने भन्दै अघिल्लोपटकको चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको पनि लेखेको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि ६७ करोड अमेरिकी डलर खर्च हुने अनुमानबीच फेरि निर्वाचन खर्च बढ्ने उसले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्सले नेपाल राजनीतिक उथलपुथलमा परेको तथा चीन र भारतले नियालिरहेको भन्दै समाचार लेखेको छ । चीन र भारतको प्रभावमा धकेलिँदै आएको नेपालको राजनीतिक भविष्य संकटमा पर्दै गएको न्युयोर्क टाइम्सको समाचार छ । ‘शक्तिशाली छिमेकीहरू भारत र चीनबीच तनाब बढिरहेका वेला नेपालमा राजनीतिक अस्थिरता फेरि सुरु भएको छ’ न्युयोर्क टाइम्सले लेखेको छ ।

एसोसिएट प्रेस (एपी)ले पनि नेपाललाई राजनीतिक संकटमा धकेल्ने गरी संसद् भंग भएको भन्दै प्रमुखताका साथ समाचार दिएको छ । पूर्वमाओवादी समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष वा प्रधानमन्त्री दिन नचाहेका कारण पार्टीमा समस्या बढ्दै जाँदा संसद् विघटनसम्म आइपुगेको एपीको समाचारमा उल्लेख छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!