बाँपीझ्याला, काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि लगत्तै तीनवटा निवेदन दर्ताका लागि पेश भएको हो।
पेश भए पनि रिट औपचारिक रुपमा दर्ता भने भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ।
सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीको एउटा निवेदन पुगेको छ। त्यस्तै अधिवक्ताहरु समृत र सुलभ खरेलले अर्को निवेदन पेस गरेका छन्। अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट निवेदन पेश गरेका छन्।