Search

बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै

बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै

बाँपीझ्याला, काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ। प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाललेर बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानुन व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गर्नुभएको छ।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरूपमा कानुनी पेशामा समर्पित रहनुभएको छ भने अर्का वरिष्ठ अधिवक्ता शाक्य प्राध्यापक पनि हुनुहुन्छ ।

सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्दैछन्।

बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ।सर्वोच्च बारका सदस्यमा कोभिडको संक्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सीधै मतदान गर्ने व्यवस्था गरिएको छ।सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँड्ने काममा प्रतिबन्ध लगाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!