Search

अस्ट्रेलिया १९१ रनमा समेटियो, ५३ रनले अगाडि रहेको भारतलाई सुरुमै झड्का

अस्ट्रेलिया १९१ रनमा समेटियो, ५३ रनले अगाडि रहेको भारतलाई सुरुमै झड्का

बाँपीझ्याला, काठमाण्डौं । भारत र अस्ट्रेलियाबीचको जारी पहिलो टेस्ट रोमान्चक हुने अनुमान गरिएको छ। भारतलाई पहिलो पालीमा २ सय ४४ रनमा समेटेको घरेलु टोली अस्ट्रेलिया आफु भने एक सय ९१ रनमा सिमित भएको छ।

खेलको दोस्रो दिनको समाप्तीमा घरेलु टोली भारतले दोस्रो पालीमा एक विकेट गुमाएर ९ रन जोडेको छ। भारतले समग्रमा ६२ रनको अग्रता लिएको छ भने अझै तीन दिनको खेल बाँकी छ।

अस्ट्रेलियालाई सस्तोमा समेट्न रविचन्द्रन आश्विनले चार, उमेश यादबले तीन र जसप्रित बुमराहले दुई विकेट लिए। अस्ट्रेलियाका लागि कप्तान टिम पाइनेले सर्वाधिक ७३ रन बनाए। मार्नुस लाबुसचाग्नेले ४७ रन जोडे।

दोस्रो पालीमा पृथ्वी स चार रन बनाएर आउट भएका छन्। पहिलो पालीमा पनि उनी शुन्यमा आउट भएका थिए। भारत र अस्ट्रेलियाबीच चार खेलको टेस्ट शृंखला भइरहेको हो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!