Search

बाजुराको तरकारीः चामलभन्दा आलु महँगो किन ?

बाजुराको तरकारीः चामलभन्दा आलु महँगो किन ?

०३ पौष, बाँपीझ्याला, बाजुरा । बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ । बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो ।

बजारमा दैनिक रूपमा बिक्री वितरण हुँदै आएका आलु, प्याज, बन्दा, काउली, गोलभेडालगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा तेब्बर वृद्धि भएको छ । पहिले ३० रुपैयाँमा पाइने आलुको मूल्य अहिले प्रतिकिलो ७० रुपैयाँ पुगेको स्थानीय जमुनका कार्कीले बताइन् । त्यस्तै, प्याज केजीको २६० र गोलभेडाको मूल्य १०० रुपैयाँ पुगेको छ ।

तरकारी व्यापारी चन्द्रबहादुर शाही भने बेमौसमी सिजन भएकाले तरकारीको मूल्य बढेको दाबी गर्छन् । ‘स्थानीय स्तरमा मागअनुसार तरकारी उत्पादन हुँदैन । बाहिरबाट ल्याउँदा स्वतः मूल्य बढी हुन्छ । कोही कसैले बढी मूल्य लिएर बेचेका हुन सक्छन् । उचित बजार व्यवस्थापन नहुँदा तरकारीको भाउ बढेको हो’, उनले भने ।

उत्पादनमा कमी र आवश्यकताभन्दा बढी माग भएकाले पनि तरकारी महँगिएको व्यवसायीको दाबी छ । खाद्यान्नभन्दा तरकारीको मूल्य बढी भएपछि स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने माग तरकारी किसानको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!