Search

उखु किसानको आन्दोलनमा दलहरूको समर्थन

उखु किसानको आन्दोलनमा दलहरूको समर्थन

बाँपीझ्याला, काठमाण्डौ । आन्दोलनमा उत्रेका उखु किसानको पक्षमा सबैजसो राजनीतिक दलनिकट किसान संगठनले ऐक्यबद्धता जाहेर गरेका छन् । सत्तारुढ दल र विपक्षी दलका नेताले प्रदर्शनस्थलमै पुगेरसमेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

सत्तारुढ नेकपाको अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि पराजुलीले उखु किसानप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताए । ‘सरकार गत वर्ष जमानी बसेको छ, जमानी बसिसकेपछि एक महिनाभित्र रकम उपलब्ध गराउने भनेको आज एक वर्षसम्म उपलब्ध नगराएको हुनाले यसप्रति रोष प्रकट गर्छौँ । उखु किसान आन्दोलनका ती किसानप्रति अखिल नेपाल किसान महासंघ ऐक्यबद्धता प्रकट गर्छ,’ उनले भने ।

उखु बिक्रीबापत्को भुक्तानी पाउन चार दिनदेखि आन्दोलनरत गरिब किसानका माग पूरा गर्न कांग्रेसले पनि माग गरेको छ । सरकारले आफ्नो रोहवरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै लज्जास्पद विषय भएको कांग्रेसको ठहर छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानले गरेको आन्दोलनस्थलमै पुगेर ऐक्यबद्धता जनाएका छन् । कांग्रेस संसदीय दलको कृषि तथा पशुपन्छी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले पनि किसानको माग पूरा गर्न माग गरेका छन् ।

जसपाले पनि उखु किसानको आन्दोलनलाई समर्थन गरेको छ । आफ्नो पार्टीले निरन्तर उक्त आन्दोलनमा सहयोग गरिरहेको जसपा नेता केशव झाले बताए । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रेले विभिन्न संगठन आएर आफूहरूलाई लिखित र मौखिक समर्थन गरिरहेको बताए । आन्दोलनस्थलमै आएर अहिलेसम्म विभिन्न संगठनका व्यक्तिले ऐक्यबद्धता जनाएको उनले बताए ।

किसानको भुक्तानी २० दिनभित्र उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले पनि उखु किसानको भुक्तानी २० दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले भनेको छ, ‘उखु कृषकहरूको भुक्तानी सात दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरणसहित अर्काे हप्ता समितिलाई जानकारी गराउने नयाँ पत्रिकामा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!