बाँपीझ्याला, किर्तिपुर । कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई कभर्ड हल हस्तान्तरणको कागजमा हस्ताक्षर गरी हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्नुहु“दै राखेपका सदस्य सचिव सिलवालले नेपाल सरकारको प्रत्येक स्थानीयपालिकामा एक कभर्ड हल बनाउने नीति अनुरुप यस कीर्तिपुरमा पनि राखेपको स्वामित्वमा रहेको यस कभर्ड हल स्थानीयपालिकालाई हस्तान्तरण गर्न पाउ“दा खुशी भएको बताउनु भयो । नेपालका सबै ठाउ“मा खेलकुद्को विकास गर्नु पर्नेमा जोड दिनुहु“दै सदस्य सचिव सिलवालले नेपालको विकट मानिएका मुगु जिल्लामा समेत महिलाहरूले फुटबल खेललाई विकास गरेको उल्लेख गर्नुहु“दै बार्सिलोनाले समेत बोलाएर खेलाएको बताउनु भयो ।
कोभिडका कारण सिथिल प्रायः भैरहेको खेलकुद्लाई अब बिस्तारै सामान्ययीकरण गर्दै जानु पर्ने बताउनु भएका सदस्य सचिव सिलवालले खेलकुद्का प्रशिक्षणहरू मेचिदेखि महाकालीसम्म शुरु भएको समेत बताउनु भयो ।
नेपाल जुडो संघका उपाध्यक्ष समेत रहनुभएको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर कभर्ड हल यस नगरपालिकाले पाएकोमा खुशी व्यक्त गर्नुहु“दै नगरपालिकाको लागि यो एक उपहार जस्तै भएको बताउनु भयो र राखेपलाई धन्यवाद् समेत दिनुभयो । खेलकुदमा कीर्तिपुर पनि अग्रणी भागमा रहेको उल्लेख गर्नुहु“दै नगर प्रमुख महर्जनले कीर्तिपुर नगरपालिकाद्वारा मेयर खेलकुद् प्रतियोगिता समेत गरिरहेकोमा गत वर्ष कोभिडका कारण स्थगीत गर्नुपर्ने भएता पनि यस वर्ष पुनः प्रतियोगिताको आयोजना हुने बताउनु भयो ।
यसका लागि हाल मेयर खेलकुद् प्रशिक्षण भैरहेको समेत नगर प्रमुख महर्जनले बताउनु भयो । खेलकुद्का मुख्य खेलहरू फुटबल, भलिबल, ब्याडमिण्टन, टेबलटेनिस, चेस र बास्केटबल गरी ६ वटा खेलहरूको प्रशिक्षण गत मंसिर १३ गतेदेखि भैरहेका छन् । कीर्तिपुर नगरपालिकाले पनि प्रत्येक वडामा एक खेल मैदानको अवधारणा अन्तर्गत कामहरू गरिरहेको उल्लेख गर्नुहु“दै नगर प्रमुख महर्जनले नगरपालिकाले प्राप्त गरेको यस कभर्ड हललाई पूर्णरुपमा सदुपयोग गरी राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने विश्वास दिलाउनु भयो ।
यद्दपि हालमा पनि राष्ट्रिय स्तरका खेलाडिहरू यस नगरपालिकामा विद्यमान रहेको स्मरण गर्नुभयो । स्मरण रहोस्, गत वर्ष भएको साग खेलकुद्मा यस कीर्तिपुर कभर्ड हलमा फेन्सिङ्ग र खो–खो गरी दुईवटा खेलहरू भएको थियो ।
खेलस“ग सम्बन्धित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता परियारले स्वागत गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख अनुज प्रधानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।