Search

आजकाे उपत्यकाकाे तापक्रम २.३ डिग्री सेल्सियस मापन, यो वर्षकै चिसो

आजकाे उपत्यकाकाे तापक्रम २.३ डिग्री सेल्सियस मापन, यो वर्षकै चिसो

०२ पुस, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ । बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

“आज विहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्षकै न्यून तापक्रम हो,” मौसमविद् मञ्जु बासी भन्छिन् । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ । यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविद् बासीको भनाइ छ ।

बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । “पश्चिम तराईमा बाक्लो हुस्सु लागिरहेको छ । तर यो मध्यान्हसम्म विस्तारै हटेर जाने छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ,” उनी भन्छिन्, “वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ ।”

तराईमा दिउँसोसम्म लाग्ने हुस्सुका कारण तापक्रममा आउने कमीका कारण चिसो हुने भन्दै त्यसबाट बच्न आवश्यक सतर्क हुनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा चिसोबाट बच्न बिहान बेलुका चोकचोकमा आगो बालेर ताप्ने चलन छ ।

दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्क हुन भनेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!