बाँपीझ्याला, काठमाण्डौं । देशका केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उल्लेखनीय मौसमी प्रणाली नरहेकाले अधिकांश क्षेत्रको मौसम सफा रहने पनि केही स्थानमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने देखिएको हो । अहिले पूर्वी तथा पश्चिम नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।
बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।