Search

मालपोत कार्यालय पर्साका निम्ति प्रमुखसहित ५ जना जग्गा किर्ते नामसारी गरेको अभियोगमा जेल चलान

मालपोत कार्यालय पर्साका निम्ति प्रमुखसहित ५ जना जग्गा किर्ते नामसारी गरेको अभियोगमा जेल चलान

बाँपीझ्याला, पर्सा । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ जना पुर्पक्षको लागि कारागार चलान भएका छन्। जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई पर्सा जिल्ला अदालतले बुधबार पुर्पक्षको लागि कारागार चलान पर्सा जिल्ला अदालतका श्रेष्तेदार कृष्णा प्रसाद अधिकारीले जानकारी दिए।

कारागार चलान हुनेहरुमा निम्ति प्रमुख झासहित मालपोत कार्यालय नायब सुब्बा श्रीनारायणप्रसाद साह, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानु र किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवल प्रताप राणा रहेका छन्।

पर्सा जिल्ला अदालत ७ नम्बर ईजलासका न्यायाधीश हरिकृष्ण श्रेष्ठले पाँचैजनालाई पूर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएका हुन्।

मालपोत कार्यालयका निम्ति प्रमुख झासहित पाँचै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!