Search

बालुवाटारमा स्थायी कमिटी बस्न लाग्दा प्रचण्ड–नेपाल समूहका सांसद राष्ट्रपति कार्यालयमा

बालुवाटारमा स्थायी कमिटी बस्न लाग्दा प्रचण्ड–नेपाल समूहका सांसद राष्ट्रपति कार्यालयमा

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटी बैठकको तयारी चल्दै गर्दा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर केही स्थायी कमिटी सदस्य राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालयमा पुगेका हुन् ।

स्रोतका अनुसार उनीहरू संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदको हस्ताक्षर बुझाउन शितलनिवास गएका हुन् । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड–नेपाल पक्षले संसदको अधिवेशन बोलाउने गृहकार्य थालेको छ ।

बुधवारको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा १ घण्टा छलफल भएको थियो ।

संविधानका के छ विशेष अधिवेशन बोलाउने व्यवस्था ?

संविधानको धारा ९३ को उपधारा ३ मा प्रतिनिधि सभाका सम्पूर्ण सदस्यको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

‘संविधानको धारा ९३ को उपधारा ३ अनुसार संसदको विशेष अधिवेशन माग गर्नु सांसदहरूको अधिकारको विषय हो,’ नेकपा प्रमुख सचेतक देव गुरुङले भने ।

संविधानको धारा ९१ को उपधारा १ मा एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भ बीचको अवधि ५ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ । पुस १८ गते अगावै संसद अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!