Search

गोरखाको तान्द्राङ नजिकै सिमलाफेदमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

गोरखाको तान्द्राङ नजिकै सिमलाफेदमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

बाँपीझ्याला, गोरखा । गोरखाको भिमसेन गाउँपालिकास्थित सिमलाफेद नजिकै तान्द्राङमा यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको रात्रीबस आज बिहान करिव ५ बजे दुर्घटनमा परेको थियो ।

ग १ ख ९४४६ नम्बरको यात्रुबस सडकबाट २० मिटर तल खसेको थियो ।

दुर्घटनापछि घाइतेहरुको स्थानीय र प्रहरीले उद्दार गरेका थिए ।

घाइतेहरुको आरुघाट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो बसमा ३५ जना यात्रु रहेको प्रहरीलाई उद्दत गर्दै हाम्रा गोरखा संवाददाता आत्माराम श्रेष्ठले जानकारी दिएका छन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!