Search

शहरी विकास मन्त्रीको ६० दिन

शहरी विकास मन्त्रीको ६० दिन

उपेन्द्र प्रधान,
बाँपीझ्याला, काठमाडौं ।
शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नो ६० दिन अर्थात २ महिनाको प्रगती आज सार्वजनिक गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफूले कार्यभार सम्हालेको लिन गत असोज २९ गतेदेखि हिजो मंसिर २९ गतेसम्मको कार्यप्रगति सार्वजनिक गर्नु भएको छ ।


यसै गर िआफ्नो कार्यकाल ६० दिन पुगको अन्तिम दिन हिजो सोमबार शहरी विकास मन्त्रालयले दिनभर लगाएर २ महिनाको कार्यप्रगतिको समीक्षा गरेको छ । सो समीक्षापछि मन्त्रालयले आगामी २ महिनाभित्र गर्ने कामको सम्बन्धमा समेत लक्ष्य तय गरिएको समेत थाहा हुन आएको छ । प्रवक्ता कृष्ण प्रसाद दवाडीको नामबाट प्रकाशित विज्ञप्तीमा मार्फत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । चार पेज लामो १८ बुँदामा उल्लेख गरिएको दुई महिने कार्य प्रगती र आगामी दिनहरुमा गरिने कार्यको उल्लेख गरिएको छ ।

गएको ६० दिनमा के के भयो त ?

काठमाडौं उपत्यकाका १८ वटा नगरपालीकाहरुको फोहोर व्यवस्थापनका लागि हाल बञ्चरेडाँडामा निर्माण भईरहेको ल्यान्डफिल्ड साइटको पहिलो चरणको काम अन्तिम चरणमा पुगको र, यसै गरी गरिवीको रेखामुणी रहेका घरपरिवारहरुलाई सुरक्षित एवं व्यवस्थित बसोवास व्यवस्था गर्ने उद्देश्यका साथ नेपाल सरकारको निती र कार्यक्रममा समावेश गरिएको सुरक्षित नागरिक आवास अन्तर्गत ३ हजार २ सय ५५ फुसको छानो विस्थापित गरिएको साथै थप ५ हजार ६ सय ३४ जनाको छनौट गरिएको जनाइएको छ ।
यो अवधिमा मन्त्री श्रेष्ठले झापादेखि धनुषासम्मको भ्रमण गर्दै दमकको भ्युटावरको निरीक्षण गरेको तथा प्रदेश १ र प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुसँग गरेको भेटघाटलाई समेत २ महिनाको उपलिब्ध मानिएको छ ।
त्यस्तै, मोरङको उर्लाबारीमो सन्थाल जातिको एकीकृत वस्ती निर्माणका लागि ५ सदस्यीय प्राविधिक टोली गठन गरी पठाइएको उल्लेख गरिएको छ । सो टोलीले पुस मसान्तभित्र प्रतिवेदन बुझाउने र सोही अनुसार एकीकृत वस्ती निर्माणको कार्ययोजना तयार हुने समेत उल्लेख गरिएको छ ।
त्यस्तै, वीर अस्पतालमा कोभिड–१९ को व्यवस्थापनका लागि ५ सय शैयाको अस्पताल विस्तार गर्न निर्देशन दिएको र यो निर्माण कार्य सुचारु रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले भवन संहिताको अनुकुलल हुनेगरी साविकको भवन संहिता १०५ लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको तथा विभिन्न ६ वटा स्थानीय तहमा परिमार्जित संहिता पालनाको सम्बन्धमा तालिम दिइएको समेत जनाइएको छ ।

अव आउने ६० दिनमा के के गर्ने ?

यसै गरी मन्त्री श्रेष्ठले अबको ६० दिनमा मन्त्रालयले गर्ने कामहरुको समेत सार्वजनिक गरेका छन् । मन्त्रालयले प्रस्तुत गरेको उक्त लक्ष्य अनुसार ६० दिन भित्र काठमाडौं लगायत देशभरका फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गरेर कार्य प्रारम्भ गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३७ हजार छ सय लाभग्राहीको छनौट गर्ने तथा यस कार्यक्रमसँग सम्बन्धित श्रव्यदृष्य सामाग्री तयार गरी प्रसारण गर्ने तथा कार्यक्रमको अनुगमनका लागि संघीय संसदका सांसदहरुलाई अनुरोध गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, ललितपुरको गोदावरीमा निर्मित ३ हजार जना क्षमताको सभाहल निर्माण माघ मसान्तभित्रै सम्पन्न गर्ने, सिंहदरवारको संसद भवन, भैसेपाटीको मन्त्री निवास तथा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयलाई लक्ष्यअनुरुप अघि बढाउने भनिएको छ ।

त्यस्तै, बुढानीलकण्ठको कालिका पार्क, नौलिन भद्राकाली, जगन्नाथ, भुकम्प स्मृति पार्कको निर्माण २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, २ महिनाको अवधिमै लामाटारको गणेशमान पार्क, देवीस्थान पार्क, प्रेन्ड कोलोनी पार्क नागदह पार्क लगायत ६ वटा पार्कको निर्माण सम्पन्न हुने जनाइएको छ ।


०७२ सालको विनासकारी भुकम्पले क्षतीलाई मध्यनजर गरी भुकम्प प्रतिरोधी भवनहरुको निर्माण गर्न वाञ्छनीय देखिएकोले अन्य मुलुकहरुमा समेत प्रचलनमा रहेको भवन संहिता अनुकुल हुने गरी स्वदेशी तथा विदेशी विज्ञ समुहहरुको संलग्नतामा साविक नेपाल भवन संहिता १०५ लाई परिमार्जन गरी कार्यान्वयमा ल्याईएको छ । उक्त संहितालाई थप सरलीकरण गरी कार्यान्वयनलाई प्रभावकारी बनाउन जाईकाको सहयोगमा उपत्यकाभित्रका भवन संहिताको पूर्ण पालन गरेका दुई नगरपालीका, आंशिक रुपमा संहिता पालना गरेका दुई नगरपालीका र संहिता पालना नगरेका दुई नगरपालीका गरी जम्मा ६ वटा नगरपालीकाहरुमा स्वयमसेवक समूह परिचालन गरी परिमार्जित भवन संहिताको पालना सम्वन्धमा तालिम संचालन तथा सचेतना कार्यक्रम संचालन गर्ने ।


उक्त पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफू प्रचारमुखी भन्दा कार्यमुखी व्यक्ति भएकोले आफू मन्त्रालयमा रहेको अन्तिम दिनसम्म प्रत्येक दिन उपलब्धि हुनेगरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । यसै गरी वहाँले आगाडी भन्नु भयो मलाई काम गर्नको लागि तपाई पत्रकार साथीहरुको सहयोग चाहिन्छ त्यसैले यस अभियानमा तपाईहरुको सहयोग चाहिन्छ भन्नु भयो ।

गोदावरीमा बन्दै गरेको सभाहल निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘अब सबैभन्दा पहिलो महाधिवेशन नेपाली काँग्रेसको हुन्छ होला यो नेपाली काँग्रेसको महाधिवेशन यही हलमा होस्, यसै गरी नेकपाले पनि त्यही हलमा महाधिवेशन गर्छ भन्ने अभिव्यक्त दिनु भयो ।

अन्तमा आफुलाई सधै पत्रकार मित्रहरुले सहयोग गरिरहेको र गरिरहनेमा विश्वास रहेको पनी जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!