Search

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले दिए राजीनामा, क्रिसमसअघि नै जिम्मेवारी छोड्ने

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले दिए राजीनामा, क्रिसमसअघि नै जिम्मेवारी छोड्ने

बाँपीझ्याला, काठमाण्डौं । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले क्रिसमस अघि नै राजीनामा दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । बारको पदावधी जनवरी २० मा सकिने भए पनि उनले क्रिसमसअघि नै राजीनामा दिने भएका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको प्रमाण नरहेको बताएपछि विलियम बार र ट्रम्पबिच तनाव रहँदै आएको थियो । ट्रम्पले बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

यस्तै राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर सम्बन्धी विषयमा न्याया विभागले छानबिन गरिरहेको कुरा चुनावी अभियानकै बेला सार्वजनिक नगरेको भनि ट्रम्पले बारको आलोचना गरेका छन् ।

तर ट्रम्पले बारसको राजीनामा पत्र ट्वीट गरी आफूहरुबिचको सम्बन्ध निकै राम्रो रहेको र बारले राम्रो काम गरेको उल्लेख गरेका छन् । राजीनामा पत्रमा बारले ट्रम्पको प्रशंसा गरेका छन् र डिसेम्बर २३ मा पद त्याग गर्ने उल्लेख गरेका छन् ।

बारले छोडेपछि उपमहान्यायाधीवक्ता जेफ रोसेनले कार्यबहाक महान्यायाधीवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!