Search

प्रतिपक्षी जुर्मुराएको हो त ?

प्रतिपक्षी जुर्मुराएको हो त ?

२९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । निकै लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि लाग्दै आएको एउटा प्रमुख आरोप उसको निस्क्रियता थियो। तर सोमवार कांग्रेस सरकारविरुद्ध देशभरि प्रदर्शन गरेको छ । दुई साता अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा एक पुल उदघाटनको क्रममा प्रहरीले रोक्ने प्रयास गरेपछि कांग्रेस तातिएको थियो।

सोमवारको देशव्यापी प्रदर्शन तनहुँ घटनाका कारण मात्र नभइ उसले दशैँ अगाडि देखि नै सरकारविरुद्ध गर्दै आएको खबरदारीको परिणाम भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उसले तत्काल उठाएको माग चाहिँ सरकारलाई सत्तारुढ दलको घरझगडामा मात्र केन्द्रित नभइ देशका सामु तेर्सिएका समस्यामा ध्यान केन्द्रित गराउनु रहेको शर्माले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) काठमाडाैंमा सरकारविरुद्ध नेता कार्यकर्तालाई सडकमा उतारेकाे छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो ।

विरोध र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । “यत्रो ठूलो महामारी छ। यसबाट सिर्जित तमाम समस्या छन्। तर सरकारको ध्यान भने कता हो कता छ। हामी सरकारको ध्यान मूल विषयमा मोड्न चाहन्छौँ,” उनले भने।’

देशव्यापी प्रदर्शनको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सोमवारको प्रदर्शन साङ्केतिक सुरुवात मात्र हुने र आगामी दिनमा सडकदेखि संसद्‌मा उनको दलले तीव्र दबाब दिने घोषणा गरेका छन्।

“प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकाङ्क्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,” उनले आरोप लगाएका छन्।

राजावादीको प्रदर्शनपछि कांग्रेसपनि सडकमा


संसद्‌मा यथेष्ट बहुमतका साथ गठित वर्तमान सरकार अहिले आन्तरिक कलहको भुमरीमा परेको छ। आज फुट्ने हो कि भोलि फुट्ने हो भन्ने जस्तो स्थिति सत्तारुढ दलको देखिन्छ भने त्यसको प्रत्यक्ष चपेटामा सरकार परेको छ।

अहिलेसम्म आन्तरिक कलह नै प्रधान चुनौतीका रूपमा बेहोरिरहेको सरकारलाई अब विस्तारै बाह्य चुनौती पनि थपिँदै गएको देखिन थालेको छ।

विराटनगरमा विरोध प्रदर्शनकारीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशाङ्क कोइराला
विराटनगरमा विरोध प्रदर्शनकारीलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशाङ्क कोइराला
गत साता देशका विभिन्न ठाउँमा राजावादीहरूले प्रदर्शन गरेका थिए।

यही समय वर्तमान व्यवस्थाको विरुद्ध विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले पनि गतिविधि तेज बनाइरहेको खबर आएका छन्।

अनि अब प्रमुख प्रतिपक्षी दल पनि सडकतिर लम्किएको छ।

तर यी घटनाहरू एकैपटक हुनुमा कुनै साइनो नभएको कांग्रेस प्रवक्ताको भनाइ छ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबैको विश्वासको थलो बनाउन सबै पक्षले रूपान्तरित ढङ्गले काम गर्नुपर्छ। सरकारले गर्नुपर्ने काम गरेन भने सरकारप्रतिको वितृष्णाको अतिरञ्जनापूर्ण दुरुपयोग हुनसक्ने खतराहरू हुन्छ। त्यसैले सरकारलाई दबाब दिनुपर्ने प्रतिपक्षको दायित्व हामीले निर्वाह गरिहेका छौँ,” उनले भने।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालका विचारमा चाहिँ नेपाली कांग्रेसको सोमवारको प्रदर्शनको खासै राजनीतिक अर्थ देखिँदैन।

“एउटा प्रमुख प्रतिपक्षी पार्टी जसले छायाँ सरकार समेत बनाएको थियो, ऊ भनेको त हर किसिमबाट एउटा सशक्त विकल्प हुनुपर्ने हो। राजनीतिक गणितका हिसाबले सरकारलाई टक्कर दिन नसकेपनि उसले राजनीतिक सैद्धान्तिक विकल्प प्रस्तुत गरेको मैले पाएको छैन,” उनले भने।

“कुनै विपक्षी दलले सडक प्रदर्शन गर्नु ठूलो कुरो होइन। तर झण्डा देखाएर मानिस जम्मा पारेर मात्र हुँदैन। के का निम्ति ऊ सडकमा गएको हो? सरकार आन्तरिक किचलोमा फस्यो भनेर मात्र पुग्दैन,” प्राध्यापक खनालले भने।

आफ्नै अक्षमता र घरझगडाका कारण सत्ताधारी दल र सरकार सिद्धिराखेको भन्दै उनले प्रमुख प्रतिपक्षीले आफ्नो नवीन सोच प्रकट नगरी केवल ‘बसिबसि ब्याज खान्छु भनेर नहुने’ बताए।

महामारीको बेला कस्तो सावधानी ?

सरकार तथा विज्ञहरूले अहिले भिडभाड नगर्न र गरेमा कोरोनाभाइरसको सङ्क्रमण झनै फैलन सक्ने भन्दै चेतावनी दिँदै आएका छन्।

यस्तो बेला सरकारलाई सङ्क्रमणसँग जुझ्न नसकेको भनेर औँला उठाउने दल स्वयंले ठूल्ठूला जुलुस र प्रदर्शन गर्न लागेको प्रति कतिपयले प्रश्न गरिरहेका छन्।

तर कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो विज्ञप्तिमा प्रदर्शनका बेला सहभागीहरूलाई भौतिक दूरी कायम गर्न र मास्क लगाउन पनि आह्वान गरेका छन्।

“प्रदर्शनमा जानुपर्ने हाम्रो जिम्मेवारी अनि कोरोनाभाइरस महामारीको प्रतिकुलतालाई सन्तुलन गरेर सुरक्षित र सावधान तरिकाले प्रदर्शन गर्ने भनेका छौँ। यसको अनुगमन वा पालना गर्ने कर्तव्य भने हामी सबैको नै रहनेछ,” प्रवक्ता शर्माले भने ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment