Search

तिम्रै माया लाग्छ मा बिनय र गरिमाको रोमान्स

तिम्रै माया लाग्छ मा बिनय र गरिमाको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । गायक उद्धव विश्वकर्मा र गायिका बविना किरातीको युगल स्वर रहेको गीत ‘तिम्रै माया लाग्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिश्वकर्माकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन मनोज खड्काले गरेका छन् ।

भिडियोमा रोजगारीको लागि बिदेशिनु पर्ने नेपालीहरुको बाध्यताको कथा मनछुने ढंगबाट प्रस्तुत गरिएको छ । भिडियोमा बिनय गदाल र गरिमा शर्माको मुख्य भुमिका देख्न सकिन्छ । भिडियोमा रामचन्द्र अधिकारी र हरिशरण रसाइलीको पनि अभिनय समेटिएको छ ।

अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी र निर्देशन शिव बिकले गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!