बाँपीझ्याला, काठमाण्डौं । २०७७ मंसिर २७ गते समाजसेवी तथा द्वाल्खा म्यासमुचा खलकका सल्लाहकार सकुना श्रेष्ठको जेष्ठ सुपुत्र कुलस श्रेष्ठको जन्मदिनको अवसरमा रिमा साई केन्द्र घरमा रहनु भएका बृद्ध बुबा आमा, बालबच्चाहरुको लागि दिवा भोजको आयोजना गरिएको छ । दिवा भोज आयोजना गर्नका लागि कुसल श्रेष्ठका आमा समाजसेवी सकुना श्रेष्ठको विशेष सहयोग रहेको जानकारी प्राप्त भएको छ ।
यसै गरी २०७७ मंसिर १७ गते भीमेश्वर नगरपालीका वडा नं. २ दुङ्कल दोलखाबाट उक्त साई केन्द्रमा ल्याई राखेको स्याहार सुसारको लागि ल्याई राखेको नानी श्रेष्ठको खुट्टाको घाउ पाकी एकदम नाजुक अवस्था रहेको थियो । उक्त घाउको उपचारको लागि समेत रु. ३ हजार छोराको जन्मदिनको अवसर पारेर समाजसेवी श्रेष्ठले सहयोग गर्नु भएको थियो ।
यस भन्दा पहिला दोलखाबाट नानी श्रेष्ठलाई उक्त साई केन्द्रमा ल्याउने बेलामा जाडो महिना आईरहेको अवस्थालाई मध्यनजर गरी ६ वटा हिटर समेत समाजसेवी सकुना श्रेष्ठले खरीद गरी सहयोग गरी सक्नु भएको जानकारी समेत म्यासमुचा खलकका अध्यक्ष कलावती श्रेष्ठले दिनु भयो ।
द्वाल्खा म्यासमुचा खलकका पुर्व अध्यक्ष एवं हालको सल्लाहकार ज्योती श्रेष्ठ सैजुको जन्मदिनको अवसरमा उक्त रिमा साई केन्द्रमा रहनु भएका बृद्ध बा आमा, बालबच्चाहरुको रेखदेख, पालन पोषण गर्न लिई राखेको घरको भाडा बापत तिर्नु पर्ने एक महिनाको घर भाडा रु. १५ हजार सहयोग गरेको जानकारी प्राप्त भएको छ ।
यसरी भाडा वापत तिर्नु पर्ने रकम सहयोग गरी अहिलेसम्मकै पुन्य कार्यमा सवैभन्दा पहीला सहयोगी हात ज्योती श्रेष्ठ सैजुको रहेकोमा साईकेन्द्रका अध्यक्षले खुसी व्यक्त गर्नु भएको छ भनी म्यासमुचा खलकका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यसरी जन्मदिनको अवसर पारेर द्वाल्खा म्यासमुचा खलकका दिदिबहीनी र रिमा साई केन्द्रमा बस्नु भएका बालबच्चाहरुले मनोरञ्जनका साथ नाचगान समेत गरेको जानकारी प्राप्त भएको छ ।