रेखा शाक्य राजमति, फोटो पत्रकार
बाँपीझ्याला, काठमाण्डौं । भोलि मंसीर २९ गते काठमाडौंको राष्ट्रिय सभागृहमा २६ औं महानगर दिवस मनाउने जानकारी आज एलो पगोडा होटेल जमलमा आयोजित पत्रकार सम्मेलनमा काठमाण्डौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यले बताउनु भएको छ ।
भोलिको कार्यक्रम अनुसार “मृगौला बचाउ अभियान“ घोषणा गर्दै । पूर्वाधर विकास हरियाली प्रवर्द्धन सम्पदा निमार्ण पुनः निमार्ण सेवा प्रवाह लगायतमा काठमाडौ महानगरपालिकाले गरिरहेका विविध कार्यक्रम आगामी कदमका लागि महानगरवासीको अभिमत लिन ३० स्थानमा “अभिमत संकलन बुथ“, मेयर्स अवार्डको व्यवस्था, पहिलोको वर्षमा झैं ज्यापू समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरुलाई ३० हजार नगद सहितको सम्मान ।
काठमाडौंको पहिलो जननिर्वाचित सभापति स्व जनकमान श्रेष्ठको नाममा २ जना जनप्रतिनिधि र २ जना कर्मचारीमा २ महिला २ पुरुषलाई जनकमान श्रेष्ठ शुशासन पुरस्कार ।
सेवा प्रवाहमा निरन्तर खटिरहेका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिप्रेरित गर्न ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय सेवा गौरव पदकको साथमा १ लाख नगद र पदकबाट सम्मानित गरिने साथै १० जना कर्मचारीलाई २५ हजार रुपैँयाको उत्कृष्ट सम्मान पुरस्कार । महानगर गीतका सर्जकलाई सम्मान ।
महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने १० सञ्चारकर्मी मध्ये १० जनालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
देशमा विद्यमान कोरोना संक्रमणले जनजीवनमा पुर्याउने असरलाई मध्य नजर गरी विगतमा सार्वजनिक स्थल बसन्तपुरको दबलीमा गरिएको कार्यक्रममा केही फेरबदल गरि केही सम्बन्धित गन्यमान्य व्यक्तिहरु र पत्रकारहरुको रोहबरमा सम्बन्धित व्यक्तिहरुमात्रै बसि कार्यक्रम गरिने व्यवस्था मिलाएको कुरा आज जमल स्थित यलो प्यागोडामा भएको पत्रकार भेटघाट कार्यक्रममा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिनु भएको हो ।