Search

दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको प्रसाद राष्ट्रपती कार्यालयमा

दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको प्रसाद राष्ट्रपती कार्यालयमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा भीमेश्वरको शिलामा यही मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः५४ सम्म पसिना आएको थियो । यसरी पसिना आएपछी देशको राष्ट्र प्रमुखबाट क्षमापूजा गर्ने परम्परा रहि आएको छ । यही क्रममा राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र जनस्तरको तर्फबाट हिजो मंसिर २७ गते क्षमापूजा गरिएको छ ।


क्षमापूजा अन्तर्गत हवन पूजा, यज्ञ लघुरुद्री पूजा र बलीपूजा सम्पन्न गरि उपस्थित दोलखा जिल्लावासी, शुभचिन्तक भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो ।


हवन पूजा, लघुरुद्री पूजा र बलीपूजाको प्रसाद आज राष्ट्रपतीको कार्यालयमा पू¥याई राष्ट्रपती विद्यादेवी भण्डारीज्यूलाई दिईएको जानकारी भीमेश्वर नगरपालीका वडा नं. २ वडाध्यक्ष विराजमान श्रेष्ठ र भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठल जानकारी दिनु भयो ।


उक्त प्रसाद पू¥याउनका लागि वडाध्यक्ष विराजमान श्रेष्ठ, व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठ, सदस्य स्टालिन श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकिय अधिकृतको उपस्थिती रहेको जानकारी अध्यक्ष श्रेष्ठले दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!