Search

दिवंगत पितृको सम्झनामा शतबीज छरिंदै

दिवंगत पितृको सम्झनामा शतबीज छरिंदै

बाँपीझ्याला, काठमाण्डौं । बालाचतुर्दशीका दिन आज बिहानै काठमाडौको पशुपतिनाथ, दोलखा भीमेश्वर, लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिंदै छ ।

मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको विहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ । यसै गरी उपत्यका बाहिरका देवदेवालय, मठ–मन्दिरमा पनी आ–आफ्नो स्वर्गारोहण भएको दिवंगत परिवारको नाममा चिरशान्तीको लागि सतविज छर्ने गर्ने गरिन्छ ।


गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर र दोलखा भीमेश्वर परिसर लगाएतका मठ–मन्दिरमा बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज विहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गर्ने चलन रहेको छ ।

धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ । तर कोरोनाका कारण यसवर्ष पशुपति क्षेत्रमा मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसै गरी सामाजिक धुरी कायम गरी दोलखामा पनी सत्विज छर्ने गरिएको जानकारी भीमेश्वर पूजा तथा गुठी व्यवस्थापनका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!