अजय प्रधान,
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरापालीका वडा नं. २, राम्पा स्थीत कुरादा समाज उत्थान समितीको भवनमा प्रगती बचत ऋण सहकारी संस्था लि. को २२ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा उपस्थित सम्पूर्ण शेयर धनी, प्रमुख अतिथी, अतिथी लगाएत आमन्त्रीत शुभचिन्तक महानुभावहरुलाई संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ नेस्कुनका केन्द्रिय संचालक दिवश खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभामा जिल्ला बचत ऋण सहकारी संघ दोलखाका लेखा संयोजक रत्न श्रेष्ठ, भीमेश्वर नगर सहकारी शाखाका अधिकृत नारायण सेढाई लगाएतका अतिथीहरुको उपस्थीती रहेको थियो ।

यसै गरी जगत प्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समितीहरु निविरोध निर्बाचित भएका छन् । जसमा उपाध्यक्ष प्रकाश सुवेदी, कोषाध्यक्ष नारायण कार्की, सचिवमा राम प्रसाद दहाल, सदस्यहरुमा कालिका अधिकारी, डम्वर प्रसाद ओली, तुलसा मैनाली, राम प्रसाद ओली, गोकुल थामी, सविता सुवेदी र तिर्थ प्रसाद सुवेदी रहेका छन् । यसरी नै लेखा समितीमा लेखा संयोजक श्याम प्रसाद दहाल, सदस्यहरुमा नवराज सुवेदी, कल्याणी गौतम रहेका निर्वाचित भएका छन् भनी संस्थाका सचिव राम प्रसाद दहाले जानकारी दिनु भयो ।
प्रमुख अतिथी, अतिथी महानुभावहरुले नव निर्वाचित संचालक समितीहरुको उत्तरोतर प्रगतीको कामना सहीत सफल कार्यकालको लागि अग्रिम शुभकामना दिनु भएको थियो । गत २० गते देखि भर्चुअल बैठकबाट शुरु गरिएको साधारण सभाको अन्तिम बैठक आज रहेको थियो ।

यसै गरी निर्वाचन मण्डलमा संयोजक बुद्धि बहादुर आर्चाजु, सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, पार्वती श्रेष्ठ रहेका थिए । यस सहकारीमा १ हजार २ शय २१ जना शेृयर सदस्य रहेका छन् भनी सचिव दाहालले हामीलाई बताउनु भयो ।