Search

संवैधानिक परिषद् बैठकमा कांग्रेस सहभागी नहुने

संवैधानिक परिषद् बैठकमा कांग्रेस सहभागी नहुने

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी बुझिएको छ। यद्यपि कांग्रेसले प्रधानमन्त्री आफैले बैठक स्थगन गरुन् भन्ने चाहेको एक कांग्रेस स्रोतले जानकारी दियो।

‘बैठकमा कांग्रेस नजाने भन्ने सम्भावना धेरै छ,’ कांग्रेस नेता रमेश लेखकले देशसञ्चारसँग भने।

कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी गर्न लागेको बेला बैठक राखेकाले संशय उत्पन्न भएको कांग्रेस नेताहरु बताउँछन्।

आइतबार बिहान ९ बजे प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् भने आइतबार नै नेकपा स्थायी समिति बैठक तय भएको छ।

प्रधानमन्त्री ओलीले शुक्रबार कांग्रेस सभापति देउवासँग भेट गरेका थिए।

कांग्रेसको विरोध प्रदर्शन तय भएको बेला बैठक राख्नु उचित नभएको पनि कांग्रेसका नेताहरुले बताएका छन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!