Search

ढुंगेधारा बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

ढुंगेधारा बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । ढुंगेधारा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं बार्षिक साधारण सभा आज नागार्जुन नगरपालीका वडा नं. १ स्थित नमःबुद्ध पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कोविड १९ को संक्रमणलाई मध्यनजर गरी सामाजिक धुरी कायम गरी सम्पन्न गरिएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष चेतनाथ न्यौपानेले संस्थाको आय व्यय विवरण, बार्षिक प्रगती प्रतिवेदन र प्रस्तावित आगामी वर्षका कार्यक्रम तथा कार्ययोजनाहरु राख्नु भएको थियो ।


सामाजिक धुरी कायम संग संगै उपस्थित रहेका शेयर सदस्यहरुले प्रस्तावित कार्यक्रम तथा आय–व्यय विवरणहरु र आगामी वर्षका लागि लेखा परिक्षक नियुक्ती जस्ता महत्वपूर्ण निर्णयहरुलाई सर्वसम्मतीले पास गरिएको छ । उक्त जानकारी संस्थाका अध्यक्ष चेतनाथ न्यौपानेले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!