Search

बाल मन्दिर र राजकुलेश्वरका विद्यार्थीहरुका लागि कोरोना सुरक्षा सामाग्री सहयोग

बाल मन्दिर र  राजकुलेश्वरका  विद्यार्थीहरुका लागि कोरोना सुरक्षा सामाग्री सहयोग

अजय प्रधान,
बाँपीझ्याला, दोलखा
। द्वाल्खा गुठिका पूर्व अध्यक्ष, समाजसेवी एवं जेष्ठ नागरिक टंककुमारी राजभण्डारीले आफ्नो ९० औ जन्म दिनको अवसरको उपलक्ष्यमा सामाग्री हस्तान्तरण गरिएको छ ।

समाजसेवी टंककुमारी राजभण्डारी

भीमेश्वर नगरपालिका वडा न २ तल्लो टोलमा स्थित राजकुलेश्वर आधारभुत विद्यालय र बाल मन्दिरका विद्यार्थी, शिक्षकहरुलाई कोविड १९ को संक्रमणबाट बचाउने उद्देश्यले २० लिटर सेनिटाईजर, एक हजार थान सर्जिकल मास्क, ४ वटा सेल्फ सेनिटाईजर मेसिन र प्रत्येक शिक्षक शिक्षिकाहरूका लागि स्प्रे सेनिटाईजर सहयोग गर्नु भएको छ ।

यस कार्यको लागि दोलखा स्थित विशेष समन्वयकारीमा कानून व्यवसायी प्रविण प्रधान र समाजसेवी ज्ञानेन्द्र प्रधानले सहयोग गर्नु भएको जानकारी प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!