Search

दोलखामा रोकिएको हिपाथामी जात्रा संचालन गर्न बार्ता

दोलखामा रोकिएको हिपाथामी जात्रा संचालन गर्न बार्ता

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखामा केहि विगत केही बर्षदेखि बन्द भएको दशैको हिपाथामी जात्रा पुनः संचालन गर्ने वारे आज हिपाथामी जात्रा पुनस्थापना समितिका प्रतिनिधी र जात्रा सरोकारवाला प्रतिनिधीत्व गर्ने थामी समूदायका प्रतिनिधीहरु बिच भएको बार्ता सौहार्दताका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यसरी हिपाथामी जात्रा संचालन सम्वन्धमा यस अघि पनि पटक पटक सम्वन्धित पक्ष र जन प्रतिनिधिहरु र सरोकारवालाहरु बिच बार्ता हुर्दै आएको र आजको बार्ता अझ सकारात्मक भएको बार्ताका सहभागी समितिका संयोजक एवं समाजसेवी प्रकाश श्रेष्ठ जानकारी दिनु भयो ।


यसै गरी आज भएको वार्तामा दुवै पक्ष सकारात्मक भएकोले यस बार्ताले निश्चित रुपमा आगामी दिनमा हिपाथामी जात्रा संचालन हुनेमा सकारात्मक भएको सहभागीहरुको भनाई रहेको छ ।
कालिञ्चोक गाँउपालिका वडा नं ९ डुमकोटमा भएको यस वार्तामा भीमेश्वर नगरपालीका वडा नं. २ का वडासदस्य चरित्र कृष्ण जोशी, स्थानिय समाजसेवीहरु शान्त कृष्ण श्रेष्ठ, भल्ला मास्के र शान्त श्रेष्ठको समेत सहभागीता रहको थियो । यसै गरी बार्तामा हिपाथामी जात्रा सरोकारवालाको तर्फवाट गोपिलाला थामी, इन्द्रलाम थामी लगायतको उपस्थिति रहेको थियो । उक्त छलफल भेलामा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामी र सोहि स्थानका वडा अध्यक्ष राम प्रसाद मैनालीको समेत सक्रिय सहभागी रहेको थियो ।


यसरी हिपाथामी सञ्चानललाई विशेष मुद्धा बनाएर बसेको यस बार्ता सकरात्मक र सौहार्दपूर्ण रहको जानकारी हिपाथामी जात्रा पुनस्थापना समितिका टोलीका संयोजक श्रेष्ठले जानकारी दिनु भयो । यसै क्रममा हिपाथामी सञ्चालनमा आउनका लागि सरोकारवालाहरुको तर्फबाट राखिएका मागहरुलाई स्थानिय निकायलाई लिखीत राखेर भएपनी जात्रा सञ्चालनको पक्षमा सवैको साथ सहयोगले आगामी दिनमा सहमतीमा जात्रा सञ्चालन हुनेमा आफुलाई विश्वास भएको श्रेष्ठले बताउनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!