बाँपीझ्याला, युरोपा लिग फुटबलमा आर्सनलले समूह चरणमा शतप्रतिशत जित हात पारेको छ। समूह चरणको अन्तिम खेलमा पनि जित निकाल्ने क्रममा आर्सनलले बिहीबार राति आयरल्यान्डको डनडाकलाई ४-२ गोलले पराजित गर्यो।
जितसँगै आर्सनलले समूह ‘बी’ मा ६ खेलबाट १८ अंक जोड्यो। १० अंक जोडेर समूह उपविजेता बनेको नर्वेको मोल्डे पनि अन्तिम ३२ मा पुग्यो।
यता समूह ‘जे’ को खेलमा इंग्लिस क्लब टोटेनहमले बेल्जियमको रोयल आन्थ्रोपलाई २-० गोलले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम ३२ मा स्थान पक्का गर्यो।
टोटेनहमले ६ खेलबाट १३ अंक जोड्दा १२ अंक बटुलेको आन्थ्रोप उपविजेता बनेर नकआउट चरणमा पुग्यो।
लिगमा समूह एबाट रोमा र योङ ब्वाइजले अन्तिम ३२ मा स्थान पक्का गरेका छन्।