Search

हप्तामा २ दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस

हप्तामा २ दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस

२५ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । सरकारी अध्ययन समितिले प्रत्येक हप्ता २ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै हप्ता २ दिन सार्वजनिक बिदा दिन जानकारी गराएको हो ।

हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।

मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस गरेको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!