Search

चरिकोट अस्पताल वागमती प्रदेशको व्यवस्थापनमा सञ्चालन हुर्दै

चरिकोट अस्पताल वागमती प्रदेशको व्यवस्थापनमा सञ्चालन हुर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालको व्यवस्थापन वागमती प्रदेश सरकारले गर्ने भएको छ । संघिय सरकारको मन्त्रिपरिषदको मंसीर १८ गते बसेको बैठकले चरिकोट अस्पताल सहित ५ अस्पतालको व्यवस्थापन वागमती प्रदेशले गर्ने निणर्य गरेको छ । यसै गरी दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाण्डौको टोखा चण्डेश्वरी प्राथमीक स्वास्थ्य केन्द्र प्रदेश मातहत सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।
विगत ५ वर्ष देखी न्याय हेल्थ नेपालले विभिन्न स्वास्थ्य सेवा सुविधा सहित प्रस्तावित चरिकोट अस्पताल सञ्चालन गरिरहेको थियो । उसले कात्तिक महिनाबाटै अस्पताल सञ्चालन नगर्ने निर्णय गरेपछि त्यसपछी भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदै आइरहेको थियो ।
चरिकोट अस्पताल वागमती प्रदेश मातहत सञ्चालन हुनेभएपछि राम्रो सेवा पाउने आशा एवं विश्वासमा नै रहेका छन् स्थानिय दोलखा जिल्लावासी ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!