अजय प्रधान,
बाँपीझ्याला, दोलखा । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक पूर्व मन्त्री माननिय पार्वत गुरुङले नेपाल बाल संगठन केन्द्रिय समिती भंग गरि विधा उपाध्याय न्यौपानेको अध्यक्षतामा तदर्थ केन्द्रिय समिती गठन लगतै नयाँ केन्द्रिय समितीको २०७७ असोज १६ गते बसेको बैठकले जिल्ला कार्यसमितीहरु पनि भंग गर्ने निर्णय गरेको थियो ।

नेपाल बाल संगठन केन्द्रिय कार्यसमितीको मिती २०७७ असोज २० गते बसेको बैठकको निर्णय बमोजिम नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने क्रममा दोलखाको सभापति पदमा नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मती प्रदेश सचिवालय सदस्य एवं लामो समय शिक्षण पेशामा आवद्ध रहि शिक्षा क्षेत्रमा बालबालीकाका माझ काम गर्दै सेवा निवृत्त हुनु भएका शिक्षाप्रेमि भीमेश्वर नगरपालिका वडा नं ६ निवासी श्री राम प्रसाद सापकोटाज्युलाई मनोनय गरेको थियो ।
यसै गरी २०७७ मंसिर २० गते सभापति राम प्रसाद सापकोटाकोे अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले जिल्ला सभा गरी समितिलाई पुर्णता दिन भीमेश्वर नगरपालिका वडा नं २ दोलखा निवासी अजय प्रधानलाई सचिव पदमा र भीमेश्वर नगरपालिका वडा नं ५ माटि निवासी पुस्कर बस्नेतलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको छ । यस समितीले नेपाल बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पतिको व्यवस्थीत अभिलेख राख्न र संरक्षण विहिन बालबालिकाहरुको साहारा बन्ने कामको भुमिका खेल्ने सभापति सापकोटाले बताउनु भयो ।