Search

च्याम्पियन्स लिगमा एमबाप्पेले तोडे मेसीको कीर्तिमान

च्याम्पियन्स लिगमा एमबाप्पेले तोडे मेसीको कीर्तिमान

बाँपीझ्याला, एजेन्सी । पेरिस सेन्ट जर्माइनका फरवार्ड कालियन एमबाप्पे युरोपेली च्याम्पियन्स लिग फुटबलमा सबैभन्दा कम उमेरमा २० गोल पुु¥याउने खेलाडी बनेका छन् । उनले यस क्रममा लियोनल मेसीको रेकर्ड तोडे ।

एमबाप्पले इस्तानबूल बासाकसेहिरविरुद्ध बुधबार ४२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यससँगै उनी २१ वर्ष ३ सय ५५ दिनमा च्याम्पियन्स लिगमा २० गोल पूरा गर्न सफल भए ।
लियोनल मेसीले च्याम्पियन्स लिगमा २२ वर्ष २ सय ६६ दिनमा गोलसंख्या २० पुु¥याएका थिए । कम उमेरमा २० गोल पुु¥याउने खेलाडीको सुचीमा राहुुल तेस्रो, अलेस्यान्द्रो डेल पियरो चौथो र करिम बेन्जामा पाँचौ स्थानमा छ । बाप्पेले यसअघि मोन्टेपिल्लरविरुद्धको खेलमा पिएसजीका लागि १ सय गोल गर्ने किर्तिमान बनाएका थिए ।

बासाकसेहिर र पिएसजीबीचको खेल मंगलबारका लागि तय थियो, तर फोर्थ अफिसियलले बासाकसेहिरका एसिस्टेन्ट पिर्रे वेबोलाई ‘काले’ भनेपछि रंगभेद विवाद सुुरु भयो र खेल बुधबारका लागि सारियो । बुधबार खेल सुरु हुनअघि पिएसजी र बासाकसेहिरका खेलाडीहरुले घुुँडा टेकेर रंगभेदविरुद्ध गतिलो सन्देश दिए । दुुबै पक्षका खेलाडीहरुले वार्मअपका दौरान ‘नो टुु रेसिजम’ लेखिएको सर्ट पनि लगाएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!