Search

फेरि रोकियो ए मेरो हजुर –४ को सुटिङ

फेरि रोकियो ए मेरो हजुर –४ को सुटिङ

बाँपीझ्याला, काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ । गत कात्तिक १ बाट बाँकी छायाँकन सकाउने भन्दै सुरु भएको फिल्म बुधबारबाट रोकिएको हो । निर्माण युनिटले दुई गीत र केही दृश्यको छायाँकन पछि गर्ने गरेर फिल्मको छायाँकन रोकेको हो । अब फिल्मको सुटिङ माघ महिनापछि हुने बताइएको छ ।

अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतका मुख्य भूमिका रहेको फिल्म यसअगाडि गत चैत्रमा कोरोनाको कारणले रोकिएको थियो । सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् । फिल्मका विषयमा अन्य जानकारी लिन खोज्दा अभिनेत्री झरना थापासँग सम्पर्क हुन सकेन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!