Search

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

सुचना विभागको प्रेस पास र अनलाइन नविकरण अब हुलाक कार्यालयबाटै

बाँपीझ्याला, काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रीस्तरको मंसिर २२ गतेको निर्णयअनुसार सुचना तथा प्रशारण विभागका महानिर्देशकमा निहित उक्त अधिकार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको उल्लेख छ ।

अव सवै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयहरुबाट प्रेस प्रतिनिधि प्रमाण पत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सेवा प्रवाह हुनेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!