Search

चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी : यूएई

चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी : यूएई

बाँपीझ्याला, एजेन्सी । यूनाइटेड अरब एमिरेट्स (यूएई) ले आफ्नो देशमा परीक्षण गरिएको कोरोनभाइरसविरुद्धको चिनियाँ खोप ८६ प्रतिशतसम्म प्रभावकारी पाइएको बताएको छ । खोपको प्रभावकारिताबारे जारी गरिएको पहिलो जानकारीमा थप तथ्यांक भने दिइएको छैन ।

यो घोषणासँगै महामारीविरुद्धको खोपको दौडमा अर्को एउटा खोप पनि सामेल भएको छ । चीनको सिनोफार्मको खोपको बारे थुप्रै प्रश्नहरु अनुत्तरित रहे पनि चीनबाहेक अर्को एउटा देशले व्यापकरुपमा यस खोपको अभियान चलाउने भएको छ ।

यूएईले गत सेप्टेम्बरबाट चीनको राज्यको स्वामित्वमा रहेको सिनोफार्म कम्पनीले निर्माण गरेको खोपको परीक्षण सुरु गरेको थियो । उक्त परीक्षणमा १२५ देशका १८ देखि ६० वर्ष उमेर समूहका ३१ हजार जनालाई २८ दिनको अन्तरमा दुई डोज दिइएको थियो ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले राज्यद्वारा सञ्चालित डब्लूएएम न्यूज एजेन्सीको माध्यमबाट एक वक्तव्यमार्फत सिनोफार्म सीएनबीजीको तेस्रो चरणको परीक्षणको नतिजाको मूल्यांकन गरिएको जानकारी दिएको छ ।

मूल्यांकनमा खोपको कुनै गम्भीर सुरक्षा चुनौति नपाइएको वक्तव्यमा बताइएको छ । तर, कस्तो साइड इफेक्ट पाइयो भन्ने चाहिँ खुलाइएको छ ।

यो मूल्यांकन यूएईमा मात्र गरिएको परीक्षणमा आधारित हो कि चीन र अन्य देशमा गरिएका परीक्षणमा पनि आधारित हो भन्ने पनि खुलेको छैन । तर, वक्तव्यमा खोपका लागि आधिकारिक रजिस्ट्रेसनबारे पनि उल्लेख गरिएको छ ।

यद्यपि, खोपबारे गरिएको घोषणासँगै यूएईको स्वास्थ्य संस्था एसईएचएले कोभिड–१९ को खोपका लागि समय लिनका लागि विकल्प सुरु गरेको छ ।

सिनाफार्मको खोपलाई केही देशहरुमा आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ । १० भन्दा बढी देशमा यसको अन्तिम चराणको परीक्षण भइरहेको छ ।

मोरोक्कोले सिनोफार्मको खोपको सहयोगमा देशका ८० प्रतिशत जनतालाई खोप दिने तयारी गरेको छ ।

सिनोफार्मको खोप यसअघि नै सफल मानिएको मृत्त भाइरसको प्रयोग गरेर बनाइएको छ । यही प्रवधिको आधारमा पोलियोको खोप बनाइएको हो । उता, फाइजर र बायोएनटेकले निर्माण गरेको खोप कम प्रमाणित ‘आरएनए’ प्रविधिमा आधारित छ ।

दुबईका शासक शेख मोहमद बि रसिद अल मख्तुमसहित यूएईका शीर्ष अधिकारीले यसअघि नै चीनको खोप लगाइसकेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!