Search

अक्षय–आमिर–शाहरुख–सलमान, किन गर्दैनन् प्रियंकासँग काम ?

अक्षय–आमिर–शाहरुख–सलमान, किन गर्दैनन् प्रियंकासँग काम ?

बाँपीझ्याला, एजेन्सी । विवाह अघि नै प्रियंका चोपडालाई हिन्दी फिल्ममा काम देखिन थालिएको थियो । यद्यपि, विवाह पछि पनि उनले आफ्नो अभिनय कलालाई जारी राखेकी छिन् तर बलिउडका थप्रै ठूला कलाकार, सलमान खान, आमिर खान, शाहरुख खान, अक्षय कुमारजस्ता कलाकार उनीसँग फिल्म गर्न चाहँदैनन् तसर्थ प्रियंकाले ठूला बजेटका फिल्म पाइरहेकी छैनन् । आखिर यसको कारण के हुनसक्ला ?

अक्षय कुमारः

सुपरस्टार अक्षय कुमारले प्रियंका चोपडासँग दुरी बनाएको लामो समय भइसकेको छ । प्रियंकाले जब आफ्नो करियरको सुरुवात गरेकी थिइन् तब उनको जोडी अक्षय कुमारसँग बनेको थियो । दुबै मिलेर निकै सफल फिल्म दिए, तर यसैबीच दुबैको रोमान्सको खबरले स्थिती बिगारिदियो । भारतीय मिडियामा प्रकाशित खबर अनुसार अक्षयलाई उनकी श्रीमतीले प्रियंकासँग आइन्दा काम नगर्न आग्रह गरिन् जुन अक्षयले स्विकारे ।

शाहरुख खानः

यस्तो समय थियो जब शाहरुख र प्रियंकाले दुई वर्ष लगातार सँगै काम गरे । डनको सुटिङ, अवार्ड शोको उद्घोषण र आइपीएल म्याचमा पनि दुबैलाई सँगै देख्न थालियो । लगातार सँगै भएपछि बलिउडमा अफवाह सुरु हुन थाल्यो र प्रियंका र शाहरुखबीच प्रेम सम्बन्ध स्थापित भएको खबर आउन थाले । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जब यो कुरा शाहरुख खानको बंगला मन्नतसम्म पुग्यो तब गौरी खान रिसाइन् । बीचमा करन जोहर पनि आए । उनले गौरी खानको पक्ष लिए । यो कुराले शाहरुख पनि विचलित भए । यद्यपि, उनीसँग सम्बन्धित मानिसहरुका अनुसार झुटलाई पटकपटक दोहोराउँदा त्यो साँचो लाग्न थाल्छ । त्यसैले शाहरुखले पनि प्रियंकासँग टाढै बस्ने निधो गरे । हाल उनी प्रियंकासँग काम गर्न इच्छुक छैनन् ।

सलमान खानः

सलमान खानले प्रियंकासँग ‘गड तुस्सी ग्रेट हो’ र ‘मुझसे शादी करोगी’ जस्ता फिल्ममा काम गरेका छन् । समस्या त्यतिबेला निम्तियो जब प्रियंकाले सलमान खानसँग ‘मे और मिसेस खन्ना’ मा काम गर्न अस्विकार गरिन् । सलमानको रिस त्यतिबेला बढ्यो जब उनको एक फिल्ममा प्रियंकाले सानो भूमिका निभाउन पनि मानिनन् । त्यसपछि सलमान खानले उनलाई फिल्म ‘भारत’ अफर गरे तर प्रियंकाले यो फिल्म अन्तिम समयमा छोडिदिइन् । यी घटना हेर्दा यस्तो लाग्छ कि सलमानले अब सायदै प्रियंकासँग काम गर्लान् ।

आमिर खानः

प्रियंका अभिनय जगतमा आएको धेरै समय बितिसकेको छ तर उनले अहिलेसम्म आमिर खानसँग फिल्ममा अभिनय गरेका छैनन् । हुन त आमिर आफैं पनि निकै कम फिल्म गर्छन् र उनको नायिका बन्ने अवसर धेरैले पाउँदैनन् । तर आमिर पनि प्रियंकासँग अज्ञात कारणले रुष्ट छन् । एक–दुई फिल्ममा आमिरका निर्माताले प्रियंकाको नाम उनलाई सुझाएका थिए तर उनले प्रियंकालाई कहिले पनि रोजेनन् । अर्थात्, बलिउडका तीन सुपर खानमध्ये कसैले पनि प्रियंकासँग काम गर्न चाहँदैनन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment