Search

चार्ज गर्न नपर्ने इलेक्ट्रीक कार

चार्ज गर्न नपर्ने इलेक्ट्रीक कार

३ मंसिर, बाँपीझ्याला, एजेन्सी ।अमेरिकी स्टार्टअप कम्पनी अप्टेरा मोटर्सले विद्युतबाट चार्ज नगरिकन पनि चलाउन सकिने कार सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको कारमा रहेको व्याट्री सोलार पावरबाट गुड्दा गुड्दै चार्ज हुने दावी गरेको हो ।

यो कारलाई विजुलीबाट पनि चार्ज गर्न सकिन्छ । विद्युतबाट चार्जगर्दा एक पटक फुल चार्जमा यसलाई १६ सय किलोमिटरसम्म चलाउन सकिन्छ ।

कम्पनीका को-फाउण्डर क्रिस एन्थोनीका अनुसार अप्टेराले यसमा ‘नेभर चार्ज टेक्नलोजी’ प्रयोग गरेको छ । यस टोक्नोलोजी अनुसार यो कारको व्याट्री सोलार पावरबाट गुड्दा गुड्दै चार्ज हुनेछ ।


कम्पनीले बनाएको कार हिड्दा हिड्दै सोलार पावरले चार्ज हुने भएकोले यो कारलाई सामान्य दैनिक प्रयोगमा ल्याउँदा विजुली मार्फत कहिले पनि चार्ज गर्नु पर्ने छैन । यसको डिजाइन अनुसार चार्ज नगरिक नै वार्षिक १७ हजार ७ सय किलोमिटरसम्म यात्रा गर्न सकिने छ । यो रेञ्ज भनेको सहरी क्षेत्रमा गरिने यात्रालाई पर्याप्त हुन्छ ।

कारमा २५ किलोवाट आवरदेखि १०० किलोवाट आवरसम्मको व्याट्री प्रयोग हुनेछ । कुल तौल ९ सय ९७ केजी रहने कारको इनर्जी इफिसेन्सी १६ किलोमिटर प्रतिकिलोवाट आवर रहेको छ । जुन अहिलेको कुनै पनि इलेक्ट्रीक कारभन्दा धेरै हो ।

अप्टेराको उक्त इभीको डिजाइन पखेटा नभएको हवाइजहाजको फिउसलाज जस्तो रहेको छ । जसको कारण एकदमै कम ड्राग उत्पन्न हुनेछ । यस कारमा लिक्वीड कुल्ड इलेक्ट्रीक मोटर रहेको छ । जसले ० वाट १०० किलोमिटरको गति पुग्न मात्र ३.५ सेकेन्ड लाग्ने छ । यसको टप स्पीड १ सय ७७ किलोमिटर प्रतिघन्टा रहेको छ ।अटाे माेवाइल

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!