Search

स्थायी कमिटी के हो ! बहुमतलाई ‘तर्साउने ओली-अस्त्र’

स्थायी कमिटी के हो ! बहुमतलाई ‘तर्साउने ओली-अस्त्र’

२३ मंसिर, बाँपीझ्याला, काठमाडौं । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएको प्रचण्डको दस्तावेज सचिवालय हुँदै स्थायी कमिटीमा पुगेको छ।

जसमा पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री विफल भएको आरोप लगाइएको छ। आफ्नो पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आयोजना गरेका छन्।

उनले पार्टी बैठक आयोजना र त्यसमा गरिने छलफलका विषय निश्चित गर्ने विधिमाथि प्रश्न उठाउँदै आएका छन्।

उनको इच्छा बेवास्ता गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले बहुमतको बलमा बैठक बोलाउन थालेका छन्। तर सचिवालय बैठक होस् वा स्थायी समिति बैठक निर्णायक भएका छैनन्।

निर्णय किन हुँदैन ?

“सकेसम्म छलफलमा सबैको सहभागिता र योगदान सहितको निर्णय होस् भन्ने आशयका कारण यस्तो भएको हो।”

प्रधानमन्त्री ओली पार्टी सचिवालयको पछिल्लो बैठकमा पनि सहभागी भएनन् ।

बहुमत हुँदाहुँदै पनि कुनै निर्णय नगर्नुको कारणबारे सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, प्रधानमन्त्री दुईवटै पद त्याग नगर्ने र प्रचण्डको आरोपमा छलफल नहोस् भन्ने अडानमा छन्।यदि स्थायी कमिटीले त्यसबारे आफ्नो निम्ति अनुकूल अवस्था सृजना नगर्दासम्म उनी आउँदा बैठकहरूमा पनि सहभागी नहुने सङ्केत देखिन्छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!