Search

औंसा किराको प्रकोपको कारण दोलखामा सुन्तला बगैंचाहरुमा समस्या

औंसा किराको प्रकोपको कारण दोलखामा सुन्तला बगैंचाहरुमा समस्या

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखाको सुन्तला बगैँचामा औँसा किराको प्रकोप फैलिएको छ । सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप देखिएपछि पाक्ने बेलामा पहेँलो भएर सुन्तला झर्ने गरेका छन् ।
दोलखाको मेलुङ गाउँपालिकाको पवटि, कालिन्चोक गाउँपालिकाको सुनखानी लगाएतका क्षेत्रमा रहेका सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेको हो ।


करिव ४० हजार सुन्तलाको बोट रहेको पवटिमा यस वर्ष पनि औँसा किराको प्रकोप देखिएको किसानहरुले बताएका छन् । सुरुमा केहि वर्ष अघि जुनार र निबुवामा औँसा किरा देखीएको थियो । औँसाकै कारण जुनार र निबुवा मासिए पछि सो किराको प्रकोप करिव ३ वर्ष देखी सुन्तलामा देखीएको छ ।
करोडाँै रुपैयाँको सुन्तला विक्री हुने पवटिका किसानले किरा प्रकोपको उचित समाधान पाएका छैनन् । अहिले पाकेका सुन्तला झरेर भुई पहेलै देखीएका छन् । झरेर बाँकी रहेका सुन्तला मात्रै बेच्न मिल्ने सुन्तला किसान कपिल कोइरालाले जानकारी दिनुभयो ।

गएको वर्ष मेलुङ गाउँपालिकाले सुन्तला महोत्सव नै आयोजना गरेर सुन्तलाको प्रचारप्रसार गरे पनि प्रकोप व्यवस्थापन हुन नसकेको कोइरालाको भनाई छ । मेलुङ गाउँपालिकामा दक्ष कृषि प्राविधिक नभएकै कारण वर्षौदेखी देखा परेको समस्या समाधान नभएको कृषकको दुखेसो छ ।


यसैबिच झरेका फलबाट अरु बोटमा समेत औँसाका किरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न कृषि विज्ञको सुझाव छ । झरेका दानालाई प्लाष्टिकको झोलामा राखेर जमिनको सतहबाट एक फिट गहिरो खाडल खनेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाई रहेको कालिञ्चोक एफ एमले समचार प्रकाशन गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!