Search

विवाह भाेज

विवाह भाेज

गणेश कुमार श्रेष्ठ
हेटौडा-४ चिल्ड्रेनपार्क


विवाहका लागि शुभ साईतको महिना मंसिर
खोल्दैछन सयौं युवा दाम्पत्य जीवनको तक्दिर
जन्ति जाने भोज खाने चलिरहेछ पुरानै लयमा
मास्क लगाउनै छोडेछन कोरोनाप्रति नभै गंभिर ।

कोरोनाबाट वच्न सकेसम्म भिडमा नजानु पर्ने
निम्तो आएपछि जानै पर्याे नगएर नि के गर्ने
मास्क लगाई भौतिक दूरि कायम हुनु पर्थ्यो
मास्क लगाएर जाँदा जोकर पो भैएछ के गर्ने ?

कोरोना केही होईन भन्ने मानसिकता वढ्दैछ
ख्यालख्याल सम्झेर झन लापरवाहि वढ्दैछ
आफ्नै सुरक्षाको लागि भन्ने वुझेर वुझ्पचाउदा
कोरोनाबाट मृत्यु र संक्रमित झनझन बढ्दैछ ।

२०७७/०८/२२

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment