Search

दिलिप कुमारकी श्रीमतीले भनिन्, साहब निकै कमजोर भएका छन्

दिलिप कुमारकी श्रीमतीले भनिन्, साहब निकै कमजोर भएका छन्

बाँपीझ्याला, एजेन्सी । सोमबार बिहानैदेखि दिलिप कुमारको स्वास्थ्य ठिक नभएको खबर भारतीय सञ्चार माध्यममा छाइरहेको छ । दिलिपकी श्रीमती तथा दिग्गज नायिका सायरा बानोलाई उद्धृत गरेर विभिन्न थरीका चर्चा सुरु भए । यता दैनिक भास्करसँगको कुराकानीमा भने सायराले भनिन्, ‘साहब ठिक हुनुहुन्छ । मात्र थोरै कमजोरी छ । भगवानलाई धन्यवाद । अहिले त उहाँ घरमा नै हुनुहुन्छ । दशकौंदेखि उहाँको हेरविचार गरिरहेका डाक्टरको समूहले उनको उपचार गरिरहेका छन् ।’

सायराले थपिन्, ‘साहब डाक्टर नितिन गोखले, अरुण शाह र डाक्टर शर्माको अब्जरभेजनमा हुनुहुन्छ । तीनैजनाको कार्डियोलोजी, न्यूरोलोजी र मेडिसिनमा एक्सपर्टिज छ । साहबलाई इम्युनिटी बढाउनका लागि साधारण औषधी दिनुहुन्छ । उहाँको इम्युनिटी राम्रो छ । कसैले उहाँको इम्युनिटी गडबड भएको अफवाह फैलाए । थोरै कमजोर भने हुनुहुन्छ । अरु त स्वास्थ्य पूर्ण रुपमा दुरुस्त छ ।’

रिपोर्टमा दाबीः सायराले प्रार्थनाको अपिल गरिन्

एक् रिपोर्टमा सायरालाई उद्धृत गर्दै लेखिएको छ, ‘दिलिप साहब ठिक हुनुहुन्नँ । निकै कमजोर हुनुभएको छ । कहिलेकाँही हिँडेर हलमा जानुहुन्छ र पुनः आफ्नो कोठामा फिर्ता हुनुहुन्छ । उहाँको इम्युनिटी कम छ । उहाँको राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस् । हामी हरेक दिनका लागि भगवानप्रति आभारी छौं ।’

‘प्रेम गर्छु त्यसैले हेरविचार गरिरहेकी छु’

यसै रिपोर्टमा बताइए अनुसार सायराले भनिन्, ‘म दिलिप साहबको हेरविचार यसकारण गरिरहेकी छु किनभने म उहाँलाई प्रेम गर्छु । कुनै दबाबमा गरिरहेकी छैन । कसैले मेरो तारिफ गरोस् र मलाई समर्पित श्रीमती भनोस् भनेर उहाँको हेरविचार गरिरहेकी छैन । उहाँलाई छुन र अँगालो हाल्न सक्छु, यो नै मेरो सबैभन्दा राम्रो पक्ष हो । म उनलाई प्रेम गर्छु र उनी मेरो जीवन हुन् ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!