Search

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, समसामयिक राजनीतिमाथि छलफल हुने

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, समसामयिक राजनीतिमाथि छलफल हुने

२२ मंसिर, बाँपीझ्याला, काठमाडौं, । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाउनुभएको हो ।

थापाले आफ्नो ट्वीटरमार्फत् भन्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ ।’

यसअघि गत बैशाख ३१ मा प्रधानमन्त्रीले भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि उब्जिएको परिस्थितिबारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बैठकका लागि बोलाउनुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!