Search

दोलखाका विधार्थीहरुलाई फेससिल, माक्स र सेनिटाईजर सहयोग

दोलखाका विधार्थीहरुलाई फेससिल, माक्स र सेनिटाईजर सहयोग
समाजसेवी सकुना श्रेष्ठ

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालिका दोलखाका सल्लाहाकार द्वाल्खा म्यासमुचा खलकका संरक्षक सहयोगी मनको धनि समाजसेवि सकुना श्रेष्ठबाट आफुले अध्ययन गरेको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित ३ वटा विद्यालयहरुलाई माक्स, फेसिएल र सेनिटाईजर वितरण गरिएको छ ।


जस अनुसार भीम माध्यमीक विद्यालयका ५ शय जना विद्यार्थीलाई फेससिल, राजकुलेश्वर निम्न माध्यमीक विद्यालयका २ शय जना विद्यार्थीलाई फेससिल र माक्स, बालमन्दिर प्राथमिक विद्यालयलाई सेनिटाईजर सहयोग गरेको छ ।


विश्व महामारीको रुपमा फैलिएको कोभिड –१९ को संक्रमणका कारण आजभन्दा ९ महिनाअघि देखि बन्द रहेको विद्यालयहरु खुल्ने क्रममा स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने निर्णय संगै माक्स र फेसीएल विधार्थी र शिक्षकहरुलाई अनिवार्य गरेपछि भीम माध्यमीक विद्यालय व्यवस्थापन समितीका सदस्य समेत रहनु भएका समाजसेवि सकुना श्रेष्ठबाट सहयोग गरिएको छ ।


३ वटा बिद्यालयले आज छुटा छुटै कार्यक्रमको आयोजना गरि भीम माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वुद्धि बहादुर आचाजुबाट, राजकुलेश्वर नि.मा.वि. र बालमन्दिर प्रा.वि.मा नेपाल बाल संगठन जिल्ला शाखा दोलखाका सभापति राम प्रसाद सापकोटाबाट उक्त सामाग्रीहरु विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको समाचार प्राप्त भएको छ ।

यस सम्वन्धमा सहयोगी मनका धनी समाजसेवी सकुना श्रेष्ठसंग सम्पर्क गर्दा बाल्यकालदेखि आफु हुकन्र्दै आई आगन अगाडीको स्कूलमा आफुले पनी अध्ययन गरेको सस्मरण गर्दै हाल पढ्ने बालबालिका बिद्यार्थी भाईबहिनीहरु कोहिपनी स्वास्थ र सर–सफाईको दृष्टिकोणले स्कूल आउनबाट बञ्चित हुन नपरोस् भनी अहिलेको परिस्थितीलाई सहज होस भन्ने अभिप्रायःले माक्स, फेसिएल र सेनिटाईजर आफुले सहयोग गरेको बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!