Search

दोलखा भीमेश्वर दर्शन गरौं मनको ईच्छा पूरा गरौं

दोलखा भीमेश्वर दर्शन गरौं मनको ईच्छा पूरा गरौं

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा साँस्कृतीक नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहेको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ ।

दोलखा भीमेश्वर एक शिला तिन अवतार
सविना मानन्धर, फोटो पत्रकार

पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानले महत्वपूर्ण मानिएको दोलखा साँस्कृतिक शहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा पार्क अवस्थित छ । यहाँबाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा सँग–सँगै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ ।

सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरुको स्वागतमा हाँसिरहेको भान हुन्छ । समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरुलाई आरोहण गर्न निषेध गरिएको छ ।

यस्तै गरी दोलखा वस्तीको उत्तरमा मञ्जुश्री पार्क रहेको छ भने समुद्र सतहदेखि करीव १३६०२ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवती लगायत गणेश ट्वापर यहाँंबाट सजिलै हेर्न सकिन्छ । पश्चिममा सदरमुकाम चरिकोट, दक्षिणमा उर्वरा दोलखवासीको खेती योग्य भूमी र आफ्नै ताल र शुृरमा बगिरहने तामाकोशी सजिलै देख्न सकिन्छ ।

भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल, माने हुदै पाखलती बसपार्क पुगिन्छ । पाखलती बसपार्कबाट माथिल्लो मोटरको बाटो सिंगटी हुदै अपरतामकोशी जाने बाटो पर्दछ भने पाखलतीको प्रवेशद्वार, डोक्छे, माथिल्लो टोल, लिष्टोल हुर्दै भीमसेन थान पुगिन्छ । यसै गरी कालिमन्दिर, त्रिपुरासुन्दरी हुदै दुङ्गल पुगिन्छ । दुङ्गल, नसु, पिङ्गल, कोतसाल, नक्छे, कुसले टोल, श्यामसुन्दर, कोर्छे, लिखनर्छें, ट्वाल्चा, डोकलुङा, टसिचा, गुर्कोट, कोर्छे हुर्दै तिनधारा राईती, चामसली र गणेशटोल हुर्दै तारीगाउँ, पालचुटी हुर्दै फेरी माथिल्लो टोल पुगिन्छ ।

द्वापर युगमा महाभारतकालीन पाण्डुपुत्र पाण्डवमध्ये एक भए पनि भीमसेन वीर तथा वायुपुत्र हुनाले शिवका अंश समेत रहेको देवताका रुपमा पुज्य छन् । भीमसेन जात्राको परम्परा विभिन्न ठाउं विशेष विभिन्न रुपमा चलाउ“दै र मनाउ“दै आएको भएतापनि दोलखा भीमेश्वरको आफ्नै छुट्टै खालको मौलिकता र बिशेषता रहि–आएको पाइन्छ ।

कोविड १९ को संक्रमणले विश्वलाई तहस नहस बनाई रहेको बेलामा नेपालमा पनी आजभन्दा करिव ८ महिना अगाडीदेखि संक्रमणको चपेटामा यहाँका जनताहरु परेका छन् । यसै गरी दोलखा जिल्लामा पनी यस्को धेरै प्रभाव परेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखाले गत असोज ३० गतेदेखी दोलखा जिल्ला भीत्र रहेका दोलखा भीमेश्वर, कालिञ्चोक भगवती मन्दीर लगाएतका धार्मीक तिर्थ स्थलहरुमा दैनिक गर्नु पर्ने नित्य पूजाहरु बाहेक अन्य पूजा सर्वधारण, दोलखावासी र भक्तजनहरुको लागि बन्द गरिएको थियो ।


तर यही मंसिर १८ गते संकट व्यवस्थापन केन्द्रले जिल्ला भीत्र कोविड १९ को स्थितीको विश्लेषण गरी गरेको सिफारिश अनुसार यही गत मंसिर १९ गते शुक्रवारदेखि लागु सो आदेश हटाईएको जानकारी सहितको विज्ञप्ती दोलखा जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी ….ले विज्ञप्ती जारी गर्नु भएको छ । यसै गरी दर्शनका लागि आउनु हुने भक्तजन, दोलखावासीहरुलाई स्वास्थ सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी मठ–मन्दिरहरुमा दर्शन गर्न समेतको अनुरोध उक्त विज्ञप्तीमा गरिएको छ ।

यसपछी हाल करिव आठ महिनापछी भक्तजन र दोलखावासीहरु दर्शनको लागि आतुरका साथ आइरहेका छन् भने भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितीले दर्शनको लागि आउने भक्तजनहरुको लागि स्वास्थको दृष्टिकोणले केहि सुविधा पुगोस् भन्ने उद्देश्यले सामाजीक धुरी कायमका साथ दर्शनको व्यवस्था समेत गरिएको छ । यसै गरी काठमाण्डौं, ललितपुर र भक्तपुर लगाएत स्थानहरुबाट बढी भन्दा बढी भक्तजनहरु दर्शनको लागि आईरहेको र दोलखा जिल्ला भीत्रको भक्तजनहरु पनी उतीकै आईरहेका छन् ।


आठ महिनासम्म एक ठाउँमा बसेर आतेसमा बसेका दाजुभाई, दिदीबहीनी लगाएत भक्तजन श्रद्धालु महानुभावहरु ४–५ घण्टाको उपत्यकादेखि को अन्तरालमा रहेको दोलखा आउनको लागि दोलखा भीमेश्वर, कालिञ्चोक भगवती माताले आमन्त्रण गरिएको आवास आईरहेको छ । तसर्थ यहाँको अन्तर आत्माको आशिक पुरा गर्न मनको शान्ती र मनोरञ्जनको लागि दोलखा भीमेश्वर र कालिञ्चोक भगवती दर्शन गर्न आमन्त्रणमा आमन्त्रण गरिएको छ ।

भीमेश्वर तीन अवतार:
दोलखा भीमेश्वर नेपाल भित्र मात्र नभएर छिमेकी राष्ट्र भारत लगाएत विदेशी मुलुकहरुमा समेत दोलखा भीमेश्वरले प्रशिद्धिता पाइसकेको छ । भीमेश्वरलाई एक शिला तीन अवतार मानि पुजा गरिन्छ । यसरी एक शिलालाई तीन अवतार मानी पुजा–आजा गर्दा पूजाको स्वरुप फरक फरक हुन्छ ।


भीमेश्वरलाई रुद्री पूजा गर्दा महादेवको रुप मानिन्छ, बलि चढाँउदा भगवतीको रुपमा लिइन्छ भने अरु बेला भीमेश्वर (भीमसेन) को रुपमा पुजिने चलन रहेको छ । यसरी भीमेश्वरलाई हरेक दिन बिहानको ४ बजे नित्य पहिलो पूजा गर्ने चलन रहेको छ । यही समयदेखि मन्दिरको मुलढोका खोलिन्छ । पूजा गर्दा भीमेश्वरलाई ढिकीले कुटेको चामल चढाईदैन, ओखलमा कुटेको चामल मात्र चढाउने प्रचलन रहेको छ ।

बिहानको नित्य पहिलो पूजा सिद्धिएपछि बिहानको १० बजेसम्म बलीपूजा दिने चलन छ र यस बेला भीमेश्वरको शिलामा भगवतीको ईश्वरत्व रहेको हुन्छ । यसपछि अर्थात बलीपूजा सिद्धिएपछि दिउँसो मध्यान्ह पूजा नहुन्जेलसम्म रुद्री गर्ने चलन रहेको छ । यस बेला भीमेश्वरको शिलामा महादेवको इस्वरत्व रहेको हुन्छ । दिउंसो १ बजे देखि १ : ३० बजेभित्र मध्यान्ह–पूजा गरिन्छ । यी दुई समयमा बाहेका अन्य समयमा भीमेश्वरको इश्वरत्व शिलामा रहेको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!