Search

केपी ओलीको अनुपस्थितिमै शुरू भयो नेकपा स्थायी कमिटी बैठक

केपी ओलीको अनुपस्थितिमै शुरू भयो नेकपा स्थायी कमिटी बैठक

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक शुरू भएको छ । झण्डै ३ महिनापछि नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार दिउँसो शुरू भएको हो । दिउँसो १ बजेका लागि तय भएको बैठकमा ओली नपुगेपछि प्रचण्डले नै बैठक शुरू गरेका छन् ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता सहभागी छन् । पार्टी विवाद जटिल मोडमा पुगेका बेला स्थायी कमिटी बैठक शुरू भएको छ । ओली सहभागी नभए पनि ओली पक्षीय नेताहरू भने बैठकमा सहभागी छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका जानकारी दिए ।

यसअघि गत असार १० गते शुरू भई भदौ २६ गते सकिएको बैठकले पार्टीको विवाद अल्पकालका लागि मिलाएको थियो । ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी भदौ २६ गतेको बैठकले कार्यविभाजन गरेको थियो ।

भदौ २६ गतेको सहमति ओलीले कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आरोप प्रचण्ड पक्षले लगाउँदै आएको छ । स्थायी कमिटी बैठकमा यसअघि सचिवालयमा पेश गरिएका प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

स्थायी कमिटी बैठकलगत्तै मंसिर २५ गतेदेखि नेकपा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!