Search

चीन बन्यो चन्द्रमामा झन्डा गाड्ने दोस्रो सफल देश

चीन बन्यो चन्द्रमामा झन्डा गाड्ने दोस्रो सफल देश

२१ मंंसिर, बाँपीझ्याला, बीबीसी । अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाढेको छ । चीनको ‘नेस्नल स्पेस’ विभागले सार्वजानिक गरेको तस्बिरमा चन्द्रमाको सतहमा चिनियाँ झन्डा स्थिर भएर अडिएको देख्न सकिन्छ ।

यसको तस्बिर बिहीबार चीनको चाङ इ–५ यानले खिचेको थियो, जुन अहिले चन्द्रमाको ढुङ्गाको स्याम्पलसहित पृथ्वी फर्कदैछ । यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएको थियो तर, तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

१९६९ को अपोलो ११ मिसनमा अमेरिका, चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो । त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो । २०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो । तर, विज्ञहरुका अनुसार सूर्यको सिधा किरणका कारण तिनीहरु समयसँगै खुइलिँदै जानेछन् ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ । सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको यस परियोजनाका प्रमुख लि युनफेङले ग्लोबल टाइम्सलाई बताए । प्रोजेक्ट डेभेलपर छेङछाङका अनुसार पृथ्वीमा प्रयोग गरिने साधारण किसिमको झन्डा चन्द्रमाको वातावरणमा रहन सक्दैन । सात वर्षमा चाङ इ–५ मिसन चीनको तेस्रो सफल चन्द्रमा अवतरण हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!