Search

नेकपा स्थायी कमिटी बैठक आइतबार, पार्टी कार्यालयमा ओलीको उपस्थिति अनिश्चित

नेकपा स्थायी कमिटी बैठक आइतबार, पार्टी कार्यालयमा ओलीको उपस्थिति अनिश्चित

बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले केन्द्रिय सचिवालयमा अहिले प्रस्तुत दस्तावेजहरु आफ्नाो जिम्मा लिँदै पार्टीमा चुलिएको संकट समाधान खोज्ने भएको छ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको करिब साढे चार घण्टा लामो बैठकपछि सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व निर्धारित स्थायी कमिटी बैठक भोलि आइतबार पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा हुने घोषणा गरेका हुन्।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो अन्तरपछि आज भएको आधा घण्टा लामो एक्ला–एक्लै भेटघाटपछि केन्द्रीय सचिवालय बैठक बसे पनि स्थायी कमिटी बैठक बोलाइएकोमा उनको असहमति रहेको एक उच्च स्रोतले बतायो।

‘भोलिको बैठकप्रति उनले आपत्ति जनाएका छन् र त्यहाँ उनको उपस्थितिबारे कुनै प्रतिवद्धता जनाएका छैनन्,’ स्रोतले भन्यो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!